नेपाल सरकार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति

काठमाडौं

HIGHLIGHTS : २०७६ सालकाे दशै, तिहार एव छठ पर्वकाे उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुकाे समृद्धीका लागि हार्दिक शुभकामना   | मिति २०७६ म‌सिर २ गते कर्मचारीहरुकाे नियमित बैठक कार्यकारी निर्देशक डा. बुद्धि नेपालीकाे अध्यक्षतामा सम्पन्न   | +2 लगायत सबै तहकाे निरन्तरता छात्रवृत्ति नतिजा प्रकाशन   |

समितिका उद्देश्यहरु

  • १. देशका विभिन्न भागमा छरीएर बसोबास गरीरहेका दलितसमुदायको विकासलाई लक्ष्य मानी कार्यक्रम तथा योजना तर्जुमा एवं कार्यान्वयकन गर्ने लक्ष्य यस विकास समितिले लिएको छ । दलित समुदायलाई आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, स्वास्थ्य एवं शैक्षिक विकासको मुल प्रवाहमा आवद्ध गर्ने नेपाल सरकारको प्रतिवद्धता अनुरुप संचालन गरिने कार्यक्रमहरुलाई एकिकृत एवं संस्थागत रुपमा विकसित, विस्तारित एवं प्रभावकारी बनाउने यस समितिको प्रमुख उद्देश्य रहेको छ ।
  • २. उपेक्षित, उत्पीडित र दलितवर्गको आर्थिक, सामाजिक, साँस्कृति, शैक्षिक र जातीय भेदभावपुर्ण यथार्थताको खोज तथा अनुसन्धान गर्ने र यथार्थ विवरण प्रकाशमा ल्याउने पनि यस समितिको उद्देश्य रहेको छ ।
  • ३. आफ्नो परम्परागत पेशामा रहेका तर बदलिदो परिस्थितिसँग मुकाविला गर्न नसकेका दलितहरुलाई तालिमको व्यवस्था गरी त्यस्ता परम्परागत पेशालाई आधुनिकीकरण गर्ने र नेपालमा दलित जातिहरुको बास्तविक समस्याको पहिचान गरी सामाधानका उपायहरु खोज्ने पनि यस समितिको उद्देश्य रहेको छ ।
  • ४. दलित समुदायको थप हक अधिकार स्थापित गर्नको लागि नेपाल सरकार संग आवश्यक पहल गर्ने ।